बेलायती प्रधानमन्त्री अस्पताल भर्ना



२४ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमण देखा परेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् ।

कोरोनाको परीक्षण गरेको दश दिनपछि उनी अस्पताल भर्ना भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

चिकित्सकहरुको सल्लाह अनुसार उनलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

कोरोनाको संक्रमणका कारण विश्वव्यापी रुपमा त्रास फैलिइरहेका बेला प्रधानमन्त्री जोनसन कोरोना परीक्षणका लागि अस्पताल भर्ना भएर सकारात्मक सन्देश दिएको बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनलाई परीक्षणका क्रममा दश दिनअघि कोरोना भएको आशंका गरिएको थियो । यसैबीच प्रधानमन्त्री जोनसनले भाइरस नियन्त्रणका लागि घरमै बसेर सहयोग गर्न आम नागरिकलाई अपिलसमेत गरेका छन् ।

|तस्वीरमा प्रधानमन्त्री जोन्सन। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्