बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना



२४ चैत्र २०७६, काठमाडौं

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना हुनु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उहाँ घरमा नै क्वारेन्टाइनमा रहदै आउनु भएको थियो ।

कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा र्पुयाइएको हो । सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ । तर हाल उहाँको अवस्था सामान्य रहेको सोमबार बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उहाँका चिकित्सकले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्