२५ चैत्र २०७६, काठमाडौँ
नायिका बर्षा राउतले पनि कोरोना पिडित व्यक्तिहरुलाई सहयोग गरेकी छिन् । उनले प्रधानमन्त्री राहत कोषको लागि ५१ हजार दिएकी छिन् । हुन त यो कुराको जानकारी बर्षाले दिएकी होइनन् ।
बर्षा राउतअघि प्रकाश सपूत, बर्षा सिवाकोटी, बद्री पंगेनी, पूजा शर्मा, पल शाह लगायतका कलाकारले सहयोग गरेका थिए । बर्षाले सहयोग गरेको कुरा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराएका छन् ।