२५ चैत्र २०७६, काठमाडौँ
चर्चित हाँस्यकलाकार मनोज गजुरेल यतिबेला घरमा समय बिताइरहेका छन् । अहिले लकडाउनका कारण उनी क्वारेन्टाइनमा रहेका छन् । यसैबिच उनले घर बसी बसी एक कथा लेखेका छन् । जुन कथा अहिलेको अवस्थासँग सम्बन्धित छ ।
कोभिड कथा मार्फत उनले चेतना फैलाएका छन् । कथा जनचेतनाको ससक्त माध्यम भएको बुझेका उनले यसैको प्रयोग गर्दै चेतना फैलाउने प्रयास गरेका छन् । उनको कथामा प्रयोग भएका पात्र अहिलेको समयका हामी जो कोही हुन सक्छौ ।
यसअघि पनि मनोजले सामाजिक सञ्जालमार्फत सबैलाई कोरोनाबाट सुरक्षित रहन आग्रह गरेका थिए ।