कोरोनासँगको महायुद्धमा मृत्युको शहर बन्दै अमेरिका, पछिल्लो २४ घण्टाको अपडेट



२७ चैत्र २०७६, काठमाडौँ

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९७ बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७३८ पुगेको छ ।त्यस्तै एकैदिन २९ हजार ९३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ३० हजार २७१ पुगेको छ ।

संक्रमितमध्ये २२ हजार ३१४ जना उपचारपछि निको भएका छन् । ९ हजार २ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्