छिमेकी मुलुक भारतमा के छ कोरोनाको स्थिती?, पछिल्लो २४ घण्टाको अपडेट



२७ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि तिब्र रुपमा बढ्दो छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७ सय ७३ जना संक्रमितको संख्या बढेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार रातिसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार २ सय ७४ पुगेको छ । अहिलेसम्म मृतकको संख्या १ सय ४९ पुगेको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार अहिलेसम्म एक लाख १२ हजार दुई सय ७१ जनाको परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्