विश्वभर कोरोना आतंक कुन देशमा कति संक्रमित, कति मृत्यु ? (अपडेट)



२७ चैत्र २०७६, काठमाडौँ

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४०५ पुगेको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा ८२ हजार ३६७ नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ६ हजार ३६९ छ । योसँगै कोरोना भाइरस संक्रमितको संख्या १५ लाख १३ हजार ३०४ पुगेको छ ।

संक्रमितमध्ये ३ लाख २९ हजार ७३१ जना उपचारपछि घर फर्किएका छन् भने १० लाख ९५ हजार १६८ जना उपचारका लागि अस्पताल तथा आइसोलेसनमा छन् । त्यस्तै ४८ हजार ७८ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९७ बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७३८ पुगेको छ ।त्यस्तै एकैदिन २९ हजार ९३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ३० हजार २७१ पुगेको छ । संक्रमितमध्ये २२ हजार ३१४ जना उपचारपछि निको भएका छन् । ९ हजार २ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ।

विश्वमा सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या  इटालीमा छ । पछिल्लो २४ घण्टामा इटालीमा ५४२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ६६९ पुगेको छ । त्यस्तै एकैदिन ३ हजार ८३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३९ हजार ४२२ पुगेको छ । इटालीमा संक्रमितमध्ये २६ हजार ४९१ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७९२ पुगेको छ । त्यस्तै एकैदिन ६ हजार २७८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार २२० पुगेको छ । संक्रमितमध्ये ४८ हजार २१ जना उपचारपछि निको भएका छन् भने ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ ।

फ्रान्समा मंगलबार साँझसम्म जम्मा १ लाख १२ हजार ९५० जनामा संक्रमण पुष्टि भैसकेको छ भने १० हजार ८ सय ६९ जनाको मृत्यु भैसकेको छ। त्यस्तै, करिब २२ हजार संक्रमितहरु कोरोना भाइरसको सफल उपचारपछि उपचारपछि निको भएका छन्।

बेलायतमा पछिल्लो २४ घण्टामा ९३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ भने संक्रमितको संख्या ६० हजार ७३३ पुगको छ । बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । १ हजार ५६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण अहिले चीनमा धेरै नियन्त्रणमा आएको छ । आज पनि चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन भने उपचार गरेर घर फर्कंनेको संख्या बढेको छ । चीनमा अहिले १ हजार १९० जनामात्र अस्पतालमा उपचाररत छन् । ती मध्इे १८९ जनाको अवस्था चिन्ताजनक छ । अरु सामान्य छन् ।

प्रतिक्रिया दिनुहोस्