इटलीमा घट्यो मृत्यु तर संक्रमण अझै तिब्र, पछिल्लो २४ घण्टाको अपडेट



२७ चैत्र २०७६, काठमाडौँ

इटलीमा आइतबारपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । साथै, गम्भीर अवस्थाका बिरामी पनि घटेका छन् तर संक्रमितको संख्यामा भने कमी आउन सकेको छैन । यहाँ दैनिक संक्रमितको संख्या बढ्दो छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३९ हजार ४२२ पुगेको छ त्यस्तै एकैदिन ५४२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ६६९ पुगेको छ ।

१ लाख ३९ हजार बढी संक्रमितमध्ये ३ हजार ६ सय ९३ को स्थिती गम्भीर छ भने संक्रमितमध्ये २६ हजार ४९१ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्