दुई दिन अघि धम्की दिएका ट्रम्पले गरे मोदीको तारिफ



२७ चैत्र २०७६, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतप्रतिको आफ्नो व्यवहार परिवर्तन गर्दै दुई दिन अघि धम्कीको भुलेर प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् ।

ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘असाधारण समयमा मित्रहरु बीच घनिष्ठ सहयोग आवश्यक छ । हाइड्रोक्सीक्लोरोक्विनबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै बिर्सने छैन ! प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’

ट्रम्पले भारतबाट २.९ करोड हाइड्रोक्सीक्लोरोक्विन अमेरिकामा पठाएको पनि जानकारी दिए ।

यसअघि मंगलबार ट्रम्पले धम्की दिँदै यदि भारतले उनको व्यक्तिगत आग्रहपछि पनि औषधी पठाउँदैन भने कारवाही गर्ने चेतावनी दिएका थिए । गत शनिबार ट्रम्पले भारतसँग कोरोनासँग लड्नका लागि मलेरियाका लागि प्रयोग हुने औषधी हाइड्रोक्सीक्लोरोक्विनको खोप माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्