ट्रम्पको चेतावनी माथि विश्व स्वास्थ्य संगठनको यस्तो जवाफ



२७ चैत्र २०७६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीको विध्वंशबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको सहयोग रोक्ने चेतावनी दिएका थिए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने बताएका थिए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई बुधबार धम्की दिँदै भनेका थिए, ‘ विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे  निकै अघि नै चेतावनी जारी गर्नुपर्दथ्यो ।’ अमेरिकाले डब्लूएचओलाई दिने पैसा माथि रोक लगाउँदैछ ।’ साथै, विश्व स्वास्थ्य संगठनले चीन केन्द्रीत व्यवहार अपनाइरहेको आरोपसमेत ट्रम्पले लगाएका थिए ।

यसबारे विश्व स्वास्थ्य संगठनले जवाफ दिएको छ । जेनेभामा पत्रकार सम्मेलनको क्रममा विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेडरोस अधानोम गेब्रियेससले कोरोनामाथि राजनीतिकरण हुन नहुने बताएका छन् ।

निर्देशक जनरल टेडरोसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आर्थिक सहयोगमाथि रोक लगाउने बयानबारे गरिएको प्रश्नको जवाफमा उनले भने, ‘अहिले सबै राजनीतिक दलको ध्यान आफ्ना जनतालाई बचाउनेतर्फ केन्द्रीत हुनुपर्छ ।’

टेडरोसले भने, ‘हामीले संसारभरीका ८८ हजार बढीलाई गुमाइसकेका छौं । हामी के गरिरहेका छौं ? आफ्नो राजनीतिक महत्वकांक्षाका लागि कोभिड–१९ लाई प्रयोग गर्न कुनै आवश्यकता छैन ।’

प्रतिक्रिया दिनुहोस्