चीनमा कोरोनाको पुन: जोखिम देखिएको भन्दै राष्ट्रपति सी जिनपिङले दिए यस्तो चेतावनी



२७ चैत्र २०७६, काठमाडौँ

चीनका राष्ट्रपति सी जिनपिङले संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनमा पनि संक्रमणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिएका छन् ।

चीनमा अहिलेका लागि कोरोनाभाइरस नियन्त्रणमा रहेको जस्तो देखिन्छ । यहाँ नयाँ संक्रमित र मृतकको संख्या पनि कमै देखिएको छ तर पुन:  हमला हुन सक्ने जोखिम रहेको भन्दै चेतावनी दिएका छन् ।

बुधबार कोरोनाभाइरसको वास्तविक केन्द्रबिन्दु ऊहानमा आधिकारिक रुपमा लकडाउन हटाइएको छ । सीले स्थानीय प्रशासनलाई विदेशबाट आएकाहरुप्रति विशेष निगरानी राख्न आग्रह गरेको सिन्ह्वाले सीको भनाई उद्धृत बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्