बहराइनमा रहेका २२ नेपालीमा देखियो कोरोना संक्रमण



२७ चैत्र २०७६ काठमाडौं

बहराइनमा रहेका २२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत उक्त जानकारी गराएको हो। विज्ञप्तिमा भनिएको छ, ‘बहराइन अधिराज्यमा ८ अप्रिल २०२० (२ बजेसम्म) ५२ हजार ३५१ मा कोरोना परीक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या ३४९ जना रहेकोमा ३ जना क्रिटिकल अवस्थामा रहेको छ । संक्रमणबाट निदान प्राप्त गरि डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । मृतको संख्या ५ पुगेको छ । संक्रमित हुनेमा पछिल्लोपटक थप १० जनासहित नेपाली नागरिकको संख्या २२ पुगेको छ ।”

केही समयअघि सल्माबादस्थित एक क्याम्पमा एकजना विदेशी नागरिकमा संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब चारसय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

त्यहाँ रहेका १० जना नेपालीमा कोरोना देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्