२७ चैत्र २०७६, काठमाडौँ
विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएको समयमा अभिनेता सरोज खनाल भने केहीसमय अघि नै अमेरिका उडे । अहिले कोरोना भाइरस को संक्रमण सबैभन्दा धेरै अमेरिकामा नै देखिएको छ ।
यसपछि सरोज खनालको आलोचना पनि भयो । सरोज खनाललाई धेरैले ग्रीन कार्ड बचाउन अमेरिका भासिएको बताएका थिए । सरोज खनालले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै आफू आफ्नो परिवारसँग समय बिताउनको लागि अमेरिका गएको बताएका छन् ।
श्रीमती र नाती-नातिनासँगको एक तस्विर पोस्ट्याउँदै अभिनेता सरोज खनालले फेसबुकमा लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनःसर्वे संतु निरामयः जसले जे भने पनि यो समय परिवारसँग विताउन उचित सम्झिएँ । जे पर्ला त्यही टर्ला ।’ करीब एक दशक अमेरिका बसेर बुढ्यौली समयमा स्वदेश फर्किएका अभिनेता खनालका छोराहरु भने अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् ।