टियुका विद्यार्थीलाई सोनिकाले गरिन् खाद्यान्न सहयोग



२७ चैत्र २०७६, काठमाडौँ

चर्चित मोडल तथा सञ्चारकर्मी सोनिका रोकायले कोरोनाका कारण प्रभावित विद्यार्थीहरुको सहयोग गरेकी छिन् ।

त्रिभुवन विश्वविद्यालय ब्वाइज होस्टलमा रहेका विद्यार्थीका लागि उनले रासन सहयोग गरेकी हुन्। उनले कोटेश्वरबाट पास लिएर ठिमी पुग्दै रासन लिएकी छन् । रासन लिएर उनी किर्तिपुर पुगिन् । भिडियो सार्वजनिक गर्दै उनले सरकार प्रतिको असन्तुस्टी ब्यक्त गरेकी छन् ।

साथै सोनिकाले भिडियो राखेर आफूले आफ्नो प्रचार गर्न नखोजेको बताएकी छिन् । उनले आफूले राखेको भिडियो मार्फत सबैमा सकरात्मक सोच जाने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्