२७ चैत २०७६, काठमाडौं
समय र परिस्थिति अनुसार चल्न सक्नु, गर्न सक्नु, भन्न सक्नु, बाेल्न सक्नु, दया विवेक राखेर दीन दु:खिहरुकाे सेवाको लागि खान दिन सक्नुका साथै सेवा भावमा समर्पित हुन सक्नुपर्दछ । अझै अप्ठ्यारोमा त धन सम्पत्ति मात्रै हाेइन तपाई हामीले जीवन समेत दिन तयारीका साथ आफुलाई सामेल गर्ने क्षमता पनि राख्न सक्नुपर्छ भन्ने लाग्दछ ।
हामीले आफुलाई मात्रै नहेरी यो समाज र संसारलाई समेत हेर्ने र हेर्न सक्ने भित्री आँखाको क्षमता पनि राख्न सक्नुपर्दछ । हामी हाम्रा धेरै पुर्खा र अग्रजहरु तिर फर्केर यो लक डाउन (बन्दाबन्दी) काे समयमा ध्यान लगाउन सकिउँ भने यी कुराहरू पाउन सकिन्छ । जस्तै हामी बुद्धलाई लिन सक्छौ । पशुपतिनाथ बनाउने प्रचण्ड देवलाई लिन सक्छौ, मानदेवलाई सम्झन सक्छौं । प्रताप मल्ललाई लिन सक्छौं । आज हामीले चलाउने नेट इन्टरनेट वा जहाज यातायातका आधुनिक साधनहरु बनाउनेतर्फ पनि ध्यान लगाउन सक्छौं ।
मानव समाजका लागि आवस्यक पर्ने वेद पुराण, आयुर्वेद बिधि बिधान बनाउने देखि हामी मानवलाई चाहिने के के र कस्ताकस्ता सामाग्रीहरु बजारको माध्यमबाट खरिद गरेर धेरै सुखी र खुसी पनि भएका छाै । एउटा सुपर मार्केट वा ठुलो बिग हाउस मार्फत हामी संसारका सुख सुविधाका लागि तछाड मछाडमा हाम्राे ठुलो ठुलो हाेडबाजि नै चलेको छ । हाम्रा लागि त संसार तयार रहेको रहेछ। त्यसैले हामीले सेवा सुबिधा लिनमा सायद दुनियाँमा नेपालीलाई जित्ने काेहि नहुन पनि सक्छ।
हेर्नु त वेदव्यासले नेपालकाे तनहुमा बसेर वेद लेखिदिएकाले ठाउँको नाम राख्न पायौं । भानुभक्तले रामायणलाई नेपालीमा लेखिदिएकाेले पढ्न पायौं । घाँसीले कुवा खनिदिएकाेले पानी खान र नाम पनि पायौं । आज विश्वका हिन्दुले जप्ने गायत्री मन्त्र काेशीकाे किनारमा बसेर शायद विश्वामित्र ऋषिले लेखी दिएर हामीले मन्त्र जप्न र गर्वले छाति फुलाउन पाएका छाै । परासर ऋषिले आजकाे अंक १-९ सम्म र पछि ० पनि कल्पना गरेर लेखी दिएकाले हिसाबकिताब गर्न पाएका मात्रै छैनौं हिसाबकिताब कसरी गाेलमाल गरेमा लाभ पाउन सकिन्छ भनेर पनि तिनै अंकको प्रयोग गर्दै आएका छाैं। आज उनै परासर ऋषिकाे गाउँ नवलपरासीको नामले चिनिन्छ ।
यो विश्वमा ज्याेतिष बिज्ञानकाे बपकास गरेर लाखौंलाख बर्षकाे खगोल शास्त्रका युग पुरुषतर्फ हामीले कहिल्यै साेचेका छाै ? आजकाे नासा भन्दा धेरै अगाडि थिए हाम्रा पुर्खाहरु।
तिनले उत्पादन गरेको संस्कृत र संस्कृतिलाई हामीले डलरमा बेचेर खाएकाे सुन्दा हाम्रा पुर्खाले के भन्दा हाेलान् ।
काेशी कत्माेशी ……..भनेर शान्तिकाे पाठ गरिने मन्त्र सप्तकाैशिकिकाे वरदान हाे । आज उपत्यकाको धार्मिक र ऐतिहासिक स्थान वा उपत्यका बाहिरका धार्मिक पर्यटकीय क्षेत्रहरु हिजोका ब्यक्तिका काम र नामका उपज हाेइनन् र ?
आजकाे सुख सुविधाको लागि सुब्बा कृष्णलाल अधिकारी देखि १९९७ सालमा चार शहिदहरु: धर्मभक्त, दशरथ,गंगालाल र शुक्रराज आदि । उनका नामका अस्पतालले हामीलाई काेराेना देखि मिर्गौला प्रत्यारोपण सम्म, मुटु राेग देखि दशरथ रंगशाला खेलमैदान सम्म पाएका छाै।
२००७ अघि र पछिका शहीदहरुले तपाईं हाम्राे आजकाे कर्म र ब्यबहारलाई कसरी हेरिरहेका हाेलान् ? भनिन्छ मानिस मर्छ तर आत्मा कहिल्यै मर्दैन।
शिक्षा, स्वास्थ्य र सुरक्षा सबैमा हाम्रा पुर्खाकाे अद्धितिय याेगदान रहेको छ। ज्ञान बिज्ञानमा पनि हाम्रा पुर्खाहरु अरु भन्दा कमजोरी र नामर्द नालायक थिएनन् । वीर र बहादुरीमा पनि हाम्रा पुर्खाकाे नाम रहेको छ। तेन्जिङ सेर्पा नभएको भए त्यहाँ एडमण्ड हिलारीकाे नाम कुनै पनि हालतमा आउने थिएन।
याेगमा शिवजी, ध्यानमा बुद्ध, शिक्षामा वेदब्यास र वाल्मीकि, राष्ट्र भक्तमा पृथ्वीनारायण, हतियार निर्माणमा गेहेन्द्र देखि गाउँ गाउँमा कामिदाजुहरु बन्दुक बनाउने कलामा खप्पिस थिए। कला काैशलमा द्वापर युगमा कस्ता थिए भन्दा जनकपुरमा जानकि मन्दिर हेरे पुग्दैन र ?
खानी र उद्योगकाे क्षेत्रमा हिजो अस्तिका दिन सम्म तामा र फलाम नेपालकै पहाडमा उत्पादित थियो । त्यसको कारणले कहि खानिखाेला, कही फलामेटार, कहि तामाकोसी आदि नाम राखेका हुन । हामी नामर्द किन भयौं र बनाइदैछाै ?
आजै मात्र एउटा समाचार सुनियो । सर्लाही अस्पतालका डाक्टर सन्जयले आफैले पिपिई बनाउन लगाउनु भएकाे सुनियो । कहाँ डलरमा भुक्तानी, कहाँ दुरुपयोगकाे समाचार !
अनि सरकारलाई यही बेलामा लडाउन पाए त सत्तामा बस्ताकाे स्वाद मेट्न पनि कसैलाई कस्तो जाँगर ? बिचराहरु आतुरमा छन् । कहाँ काेराेनाकाे उपचारमा सघाउनु पर्ने समयमा कसैले भ्रष्टाचार गरेको भए रहेछ भने पनि काेराेना पछि कार्यबाहि गर्न दबाब बढाउने की उपचारमा सघाउने ? भन्नेमा पनि संकट नै रहेछ। यति त सामान्य ख्याल गर्नु पर्ने हाे ।
अर्को के पनि बुझि राखे हुन्छ भने कम्युनिस्ट पार्टीका मन्त्री र नेताले भ्रष्टाचार गर्छन भने त्यसको कार्वाही अरुले नचिताए हुन्छ, पार्टीले गर्नेछ, सरकारले गर्नेछ, पार्टी र सरकारले पनि गरेन भने कार्यकर्ताले गर्नेछन् यदि त्यो नेता वा मन्त्री उम्केछ भने जनताले कार्वाही गरेरै छाड्ने छन्। यो मेरो विश्वास हाे।
यो देशमा धेरैकाे सरकारहरु हेरि सकिएको छ । यो सरकारले पनि जनभावना र शहीदहरुकाे बलिदान र आन्दोलनकाे निर्देशन बिपरित गएर कसैले काम गर्दछ भने यहाँ अब सरकार मात्रै फेरिदैन अब यहाको राजनीतिक क्षितिजमा न राजा र राजतन्त्र फर्कनेछ न याँ काग्रेस र अन्य दल हुनेछन् ! त्यस पछिकाे नेपालकाे राजनीतिक ब्यबस्थापन नेपाली जनताको आफ्नै बल बुतामा तयार हुनेछ । नेकपाकाे सरकारलाई जनताले ५ बर्षलाई अधिकार दिएका छन । कस्तो सरकार र आफ्नाे शासनकालमा के कस्ता थिति रिति बसाउने नेकपा आफैले बुझ्ने हाे । जनता र कार्यकर्ताले जयजयकार भन्न नसकेको बिद्यमान अवस्थाबाट पाठ सिक्न जरुरी रहेको कुरामा सन्ताेषकाे सास लिने ठाउँ छैन।
यति सक्षम र सर्वशक्तिमान प्रधानमन्त्रीलाई केले बाधा पुर्यायाे भनेर जनताले प्रश्न गरेको मैले पनि सुन्दै आएकाे छु ।
म अलिकति प्रसंग बदल्छु । हामी काेराेना समस्याको लक डाउनमा छाै र यो अवस्था अरु २/४ हप्ता लम्बिने अवस्था नआउला भन्न पनि सकिदैन । यस्तो अवस्था आएमा के गर्ने त ? भन्ने पनि समस्या छ ।
यस समयमा मृत्यु राेज्ने कि कठिनाइ ? मुल प्रश्न यहि हाे । सरकारलाई जे गरे पनि सुख छैन । लक डाउन नगरी देश चल्न दिनेको हविगत काेराेनाले युरोप र अमेरिकीहरूलाई मज्जाले देखाई सकेका छन् । यस्ता दैवि विपतिकाे अन्त्य यहीं नै अन्तिम हाेइन र यसको रापतापकाे शक्ति अहिले नै कसैले पनि मापन गर्न सक्ने वाला छैन। काेराेना कति चल्ला र कति मानिसको भाेकाे भएर आएकाे छ र, कतिले भारी पुगे पछि यो जान्छ भन्ने पनि छैन। प्रकृतिको फेर बदल डरलाग्दो तरिकाबाट हुन्छ । मानिसको सजिलोका लागि प्रकृति हुदैन र प्रकृति अनुसारको प्राणी र वनस्पतिले आफुलाई रुपान्तरण गर्नुपर्नेछ । नत्र प्रकृतिले सबैलाई खानेछ डाइनासाेर खाए झै ।
काेराेनासँग लड्न सक्ने क्षमताको बिकासमा हामीले आजैका दिनबाट सुरु गर्नुपर्नेछ ।
मेरो बिचारमा काेराेना भन्दा धेरै प्रतिकुलता संग भाेलिका दिनमा जुझारु नरहनु पर्ला भन्न सकिदैन ।त्यसैले हामीले हाम्राे आत्मगत शक्तिको बिकास गर्नुपर्नेछ । यसका लागि हामीले आहार, बिहार र जीवन शैलीमा परिवर्तन नै काेराेना सँग लड्ने ठुलो पहिलो औषधी हाे ।
हाम्रो सुत्ने, उठ्ने, खाने र श्रम गर्ने सबै बिषयमा पुनरमूल्याङ्कन गर्नै पर्दछ । यतिबेला सबैले आफ्ना पूर्खाकाे शक्तिको संझना गरेर आफुलाई कमजोर थिएनौं र छैनौं भन्ने मनाेवलाई उच्च बनाउनु जरुरी छ।
याेग, ध्यान र आयुर्वेदलाई मेरो जीवनको मार्ग दर्शन आजैबाट सुरु गर्छु भन्नेलाई सायद काेराेनाले नछाेइकन भाग्नेछ।
मानसिक रुपमा आफु र आफ्नाे परिवारलाई काेराेना बिरुद्ध लड्न तयारी अवस्थामा राख्नुपर्छ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा (२०७६/१२/२५ ) दिएको सन्देशकाे मर्म र भावनाको कदर गर्दै लक डाउनलाई पूर्णरूपले सफल पाराैं।
मनमा आउने डर त्रास र आतंकबाट मनलाई अलग्गै राख्ने काेसिस गराै।
आफु भन्दा कमजोर र गरिब असहायलाई सहयोग र सहायताले पनि तपाईंलाई काेराेना बिरुद्ध लड्न सक्ने शक्ति र प्रेरणा प्रदान गर्नेछ ।
घरमै धन सम्पत्ति हुँदाहुदै वा त्यसको लागि बाटा र उपाय हुनेहरु नै राहतमा रुवाबासि गर्नु भनेको काेराेना निम्त्याउनु हाे भन्ने बुझेर दुरुपयोग गर्ने जाे काेहीलाई पनि खबरदारी गराैं।
विश्व स्वास्थ्य संगठन देखि सरकारले जारी गरेका निति र निर्देशनको पालना गराैं ।
हरेक दिन बिहान सबेरै उठाैं, सकेसम्म नुवाई धुवाई, सफा सुग्घर भएर आफ्नै घरका पितृहरु, कुल देवता र मान्यता प्राप्त देव देवताकाे आराधना गर्दै आधा घण्टा बिहान ५ बजे देखि ६:३० भित्र परिवारका सबै सदस्यहरूले सामुहिक रुपमा प्रार्थना गराैं।
भुटेको, पाेलेकाे, तारेकाे खाना भन्दा झाेलिलाे र प्राकृतिक आहारमा जाेड गराै।
सके सम्म बेलुकी ९-१० बजेभित्रमा सुताै र बिहान ४-५ बजे भित्रमा उठ्ने -उठाउने बानीकाे बिकास गराै ।
सके सम्म नेपाल भित्र सबैले काेराेनालाई जितेर विश्वलाई नयाँ सन्देश दिन नेपालीहरु सफल हुने प्रण गराैं र सफल पनि बनाैं ।
सम्भव भए सम्म सुरक्षित रहेर आ-आफ्ना घर भित्र बसेर गर्नुपर्ने काममा आफुलाई ब्यस्त राखाैं र तपाईंको जीवनमा काेराेनाले दिएको यो समय र अवसरमा कुनै न कुनै नयाँ र महत्त्वपूर्ण कामका लागि पुर्खाले जस्तै ऐतिहासिक कामको लागि महासंकल्प गर्ने कामकाे थालनी गराैं ।
यो देश र राष्ट्रकाे विश्वमा पहिचान दिनको लागि आजैबाट अठोट गराैं र नेपाललाई भ्रष्टाचार मुक्त नेपाल निर्माणका लागि राजनीतिक क्षेत्र, राष्ट्र सेवककाे क्षेत्र र जनताको क्षेत्रबाट सामुहिक अभियानको लागि राष्ट्रिय संकल्प गराैं ।
राष्ट्रकाे धन सम्पति खन्याएर ल्याउने विदेशी कृषि सामाग्री सट्टामा मेरो /हाम्रो देशमा नै उत्पादन गर्ने प्रण गराैं।
आज उप्रान्त म जाँडरक्सी, चुरोट, बिडि, खैनी, गुट्का र जुवा तास जस्ता समाज र स्वयम् ब्यक्तिलाई र राष्ट्रलाई हानी नाेक्सानी मेरो तर्फबाट पुर्याउने छैन भनेर संकल्प गराै र तिनको कारणले म र मेरो देशलाई राेगी र बिरामी पारेर बिदेशीकाे अैषधी लगायतको ब्यापारीक थलाे हुनबाट म यो राष्ट्रलाई जाेगाउनेछु भनेर संकल्प गराैं ।
म र मेरो देश नेपाल र नेपालीको सधैंभरि जय हाेस् भनाैं ।
मेरो देशको जडिबुटी र प्राकृतिक बस्तुहरुलाई विदेशीको हातमा पर्न नदिई याे देशको मुख्य ब्यापारीक बस्तुमा बिकास गर्ने संकल्प गराैं।
मेरा देशका काेहि पनि नेपाल आमाका सन्तानले बिदेशी भुमिमा आगामि दिनमा तड्पि तड्पि बसेर पिरिदै अपमानित भएर बाच्नु पर्ने र अरुको लागि मर्ने दिनको अन्त्यका लागि काम गर्ने अठोट गराैं । धन्यवाद !
२०७६/१२/२६ लकडाउन स्थलबाट
होम गौतम (अध्यक्ष- साझा प्रकाशन )