२७ चैत्र २०७६, काठमाडौं
गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।
क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर आएका यादवलाई क्वारेन्टाइनमा राख्न बिहीबार (आज) गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको हो ।
समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए ।
|तस्वीरमा सांसद प्रदपी यादव। फाइल तस्वीर|