लकडाउनका कारण रगतको अभाव भएपछि ‘प्रेमगीत ३’ ले गर्यो रक्तदान



२८ चैत्र २०७६, काठमाडौँ

कोरोनाको असर नेपलमा नहोस् भनेर सरकारले अहिले देशलाई लकडाउन गरेको छ । जसका कारण देशको विभिन्न ठाउँमा रगतको अभाव भएको छ । त्यसैले चलचित्र प्रेमगीत ३ टिमले रक्तदान गरेको छ ।

चलचित्र प्रेमगीत ३ का निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै रक्तदान गरेको जानकारी दिएका छन् । उनले यस्तो समयमा देशलाई केही सहयोग गर्न पाउँदा निकै खुसी लागेको पनि बताए ।

निर्माता सेनसँगै ‘प्रेमगीत ३’ का प्रमुख अभिनेता प्रदीप खड्का, नव(अभिनेत्री क्रिस्टिना गुरुङ, गायक प्रताप दास, गायिका प्रविशा अधिकारी, नव(अभिनेता मनिष राउतलगायतले राजधानीमा रहेको ग्रिनसिटी हस्पिटलमा पुगेर रक्तदान गरेका हुन् । २र२ जना गरि पालैपिलो रक्तदान गरिएको निर्माता सेनले जानकारी दिए ।

उनका अनुसार, अहिलेसम्म ४० प्याकेट रगत संकलन भइसकेको छ । साँझसम्म ५० प्याकेट रकम संकलन हुने अनुमान निर्माण टिमको छ । उनले भने( ‘लकडाउनपछि रगत बैंकमा रगत अभाव भएको छ । रगतको अभावलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर हामीले रक्तदान गरिरहेका छौं ।’ उनले सबैलाई आ(आफ्नो स्थानबाट सकेको प्रयास गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्