कोरोना ब्रिफिङ : ‘३,५२४ वटा प्रयोगशाला परीक्षण’



२८ चैत्र २०७६, काठमाडौं

अहिलेसम्म ३,५२४ वटा प्रयोगशाला परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो कुराको जानकारी शुक्रबार (आज) दैनिक कोरोना ब्रिफिङमार्फत् मन्त्रालयका प्रवक्ता विकास देवकोटाले गराएका हुन् ।

जसमा गत २४ घण्टामा ६३० वटा परीक्षण भएका उनले जानकारी दिए । जसमध्ये काठमाडौंमा ४०१ वटा र काठमाडौंबाहिर २२९ परीक्षण भएको उनले उनले बताए ।

यस्तै परीक्षणको क्रममा ८०० भन्दा बढी रहेको पनि उनले बताए । यसैगरी ८,६६० जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा १२५ जना रहेका छन् ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता विकास देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्