कोरोना कहवाघर : सामूहिक चिहानमा अन्त्येष्टि



२८ चैत्र २०७६, काठमाडौं

विश्वमा महामारीको रुपमा देखिएको कोभिड १९ (कोरोना भाइरस)का मृतकको संख्या निरन्तर बढेसँगै अमेरिकाको न्यूयोर्कमा सामूहिक चिहानमा शवहरु गाडेको तस्वीर सार्वजनिक भएको छ ।

बीबीसीका अनुसार तस्वीरमा शव गाड्ने श्रमिकहरुले भर्‍याङबाट ओर्लिदै गरेको देखिन्छ, जहाँ शवहरु भेला पारिएको छ । कोरोनाबाट मृत्यु हुनेहरुको अन्त्येष्टि गर्न प्रयोग गरिएको स्थान जर्ट आइल्याण्ड हो ।

जुन शवको अन्त्येष्टि गर्ने हैसियत नभएका न्यूयोर्क निवासीले प्रयोग गर्ने गर्थे । पछिल्लो विवरणअनुसार न्यूर्योकमा मात्रै अब कुनै पनि देशको तुलनामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् ।

त्यहाँ बिहीबार (हिजो) मात्रै १० हजारमा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये ७ हजारको मृत्यु भएको छ । ड्रोनमार्फत् लिइएको उक्त तस्वीरअनुसार त्यहाँ देखिएका शवहरुमध्ये धेरै कोरोना पीडितको हुनसक्ने तर कोरोना संक्रमित मृतक नै हुन् भन्ने विषयमा भने स्पष्ट भइनसकेको बीबीसीले जनाएको छ ।

कोरोना महामारीका कारण हप्तामा एकदेखि ५ दिनसम्म सामूहिक चिहानमा शव गाड्ने क्रम तिव्र रुपमा बढेको छ । शव गाड्ने काम प्रायः रिकर्स आइल्याण्डस्थित सहरको मुख्य जेलका कैदीहरुले गर्ने गर्छन् ।

तर कामको चाप बढेपछि यो काम हालै ठेकेदारहरुलाई सुम्पिइएको छ । एजेन्सीको सहयोगमा–

|तस्वीर श्रोतः बीबीसी|

प्रतिक्रिया दिनुहोस्