कल्पना गरे भन्दा जटिल बन्दै कोरोना, निको भइसकेका बिरामीमा पुनः संक्रमण देखियो



२९ चैत २०७६, काठमाडौं

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणबाट निको भइसकेका ९१ बिरामीमा पुनः संक्रमण देखिएको छ । बीबीसीका अनुसार निको भएर घर फर्किएका उनीहरुमा पुनः संक्रमण देखिएको हो ।

कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शनले अहिलेसम्म उनीहरुमा पुनः कसरी कोरोना भाइरसको संक्रमण देखियो भन्ने कुरा स्पष्ट नभएको बताए । केही जानकारहरुले भने उनीहरुमा राम्रोसँग परीक्षण नभएको पनि हुन सक्ने बताए ।

अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट निको भएका मानिसमा यो रोगसँग लड्ने प्रतिरोधी क्षमता विकास हुने र यसको संक्रमण फेरि नहुने बताइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्