अमेरिकामा स्थिति झन् भयावह, पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च मृत्यु (अपडेट)



२९ चैत २०७६, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४३ जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ७ सय २५ पुगेको छ ।

एकैदिन ३३ हजार ७ सय ५२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख २ हजार ३१८ पुगेको छ । संक्रमितमध्ये १० हजार ९ सय १७ जनाको अवस्था गम्भीर रहेको छ भने २७ हजार ३ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्