छिमेकी मुलुक भारतमा थपिदै संक्रमित, बढ्दै मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



२९ चैत २०७६, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४९ पुगेको छ ।

एकैदिन ८ सय ७६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ हजार ६०० पुगेको छ । त्यस्तै संक्रमितमध्ये ७७४ जना उपचारपछि निको भएका छन् भने ६ हजार ५७७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्