विश्वभर कोरोनाको विनाश, मृत्यु हुनेको संख्या १ लाख २ हजार ६०७ नाघ्यो (अपडेट)



२९ चैत २०७६, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख २ हजार ६ सय ७ पुगेको छ ।

कोरोना भाइरसको कारण इटालीमा सबैभन्दा धेरै १८ हजार ८ सय ४९ मानिसको मृत्यु भएको छ ।  त्यस्तै अमेरिकामा पनि अहिलेसम्म १८ हजार ७ सय २५  मानिसको मृत्यु भएको छ । स्पेनमा १६ हजार ८१ जना मानिसको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर यो भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १६ लाख ९४ हजार नाघिसकेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् ।

अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या ५ लाख २ हजार ३१८ नाघिसकेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या १ लाख ५८ हजार नाघेको छ । इटालीमा पनि संक्रमितको संख्या एक लाख ४७ हजार नाघेको छ । फ्रान्समा मृतकको संख्या १३ हजार १ सय ९७ पुगेको छ । साथै बेलायतमा ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५८ पुगेको छ ।

अहिलेसम्म विश्वभर तीन लाख ७६ हजार संक्रमित निको भइसकेका छन् । यसमध्ये सबैभन्दा धेरै चीनमा ७७ हजारभन्दा संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्