भर्खरै कोरोनालाई जितेर आएकी कनिकालाई पर्यो फेरि अर्को समस्या



२९ चैत्र २०७६, काठमाडौँ

बलिउड गायिका कनिका कपुर कोरोना भाइरस संक्रमित भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनको उपचारपछि उनी निको भएर घर फर्किसकेकी छिन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । तर कोरोनालाई जितेपनि उनीमाथि अर्को समस्या आइपरेको छ । कनिकाले आफूलाई कोरोना लागेको थाहा हुदाँ हुदैँ विभिन्न पार्टीमा गएकी थिइन् । जसका कारण उनीमाथि उजुरी हालिएको थियो ।

लकडाउन सकिने बित्तिकै त्यसबारे छलफल हुने बताइएको छ । जसले कनिकामाथि उजुरी हालेका हुन्, उनीहरुले नै कनिकालाई बचाउन सक्छन् । तर अब उनीमाथि लागेको आरोपबारे कसरी छलफल हुनेछ त्यसको लागि भने केही समय पर्खनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्