अष्ट्रेलियाका कोरोना संक्रमित सबै नेपालीले लिए, स्वास्थ्य लाभ !



२९ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित बनेका अष्ट्रेलियाका सबै नेपालीले स्वास्थ्य लाभ लिएका छन् ।

त्यहाँ सिड्नीका ४ र मेलबर्नका ३ जना नेपालीमा कोरोना संक्रमण देखिएका थियो । त्यहाँस्थित नेपाली दूतावासका अनुसार गत दुई साता पहिले संक्रमण देखिएपछि घरैमा सेल्फ आइसोलेसनमा बसिरहेका उनीहरुको अन्तिम रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

“यो अत्यन्तै खुसीको कुरा हो । कोरोना देखिएका सबै नेपालीहरु निको भएर आफ्नो दैनिकीमा फर्किसक्नुभएको छ ।” राजदूत महेशराज दहालले भनेका छन् ।

त्यहाँ अहिलेसम्म कोरोनाको कारण ५४ जनाको मृत्यु भइसकेको छ । यस्तै ६ हजार २ सयभन्दा बढी संक्रमित बनेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्