‘तस्बिर धमिलो देख्न थालेँ, लाग्छ अब केहीदिनमै मेरो आखाँको ज्योति गुम्नेछ’ : अमिताभ बच्चन



२९ चैत्र २०७६, काठमाडौँ

बलिउड स्टार अमिताभ बच्चनले आफ्नो एक भ्लगमा आखाँको ज्योति गुम्ने होकि भनेर डर लागेको बताएका छन् । उनको आखाँमा समस्या लामो समयदेखि देखिएको थियो । उनले उपचार पनि गराइरहेका छन् ।

अमिताभले आजकल आफूले धेरै सामानहरु मधुरो देख्न थालेको बताएका छन् । साथै केही सामानलाई त उनले २ वटा सम्म देख्न थालेको पनि बताएका छन् । जसका कारण उनलाई अब केहीदिनमै आफ्नो आखाँको ज्योति जाने हो कि भनेर डर लागेको हो ।

हुन त उनलाई डाक्टरले उनको आखाँको ज्योति गुम्न नदिने विश्वास दिलाएका छन् । तर अमिताभको मनबाट डर भने गएको छैन । उनले आफ्नो लागि चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्