२९ चैत २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई शहीद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका छन् ।
आज बिहान करिव ७.३० बजे मुटुमा असजिलो भई सामान्य समस्या भए पछी डा .भट्टराईलाई हृदयरोग केन्द्र, बाँसबारीमा भर्ना गरिएको जानकारी उनका स्वकीय सचिव पुष्प भट्टराईले गराएका छन् ।
डा. भट्टराईको मुटुमा रहेका दुइ वटा भल्भमा ब्लकेज Acute Inferior wall MI भएकोमा Right coronary artery को Primary angioplasty गरिएको छ । उपचारपछि अवस्था सामान्य भई डा. भट्टराईले चिया र झोलिलो खानेकुरा खाएको समेत सचिव पुष्प भट्टराईले जानकारी गराए ।