चीनमा रिलिज हुदैँ ऋतिकको ‘सुपर ३०’



२९ चैत्र २०७६, काठमाडौँ

ऋतिक रोशनको मुख्य भूमिका रहेको चलचित्र सुपर ३० अघिल्लो बर्षको निकै हिट चलचित्र बन्न सफल भयो । चलचित्रलाई दर्शक र समिक्षकले निकै रुचाए । त्यतिमात्र नभएर चलचित्र लगभग १५० करोड कमायो ।

अब सुपर ३० चीनमा रिलिज हुने बताइएको छ । विश्वभर कोरोनाको महामारी चलिरहेको अवस्थामा चीनको माहोल भने पहिलेको तुलनामा केही सामान्य भएको छ । चीनमा केही हलहरु खुलिसकेका छन् भने केही खुल्ने क्रममा छन् ।

अहिले नै चलचित्र रिलिज गर्दा सुपर ३० लाई खासै फाइदा भने हुदैँन । किनकी चीनमा हल खुलेपनि धेरै दर्शक कोरोनाको डरले हलमा जाने आँट गर्न सकेका छैनन् । त्यसैले माहोल अलि सामान्य भएपछि चीनमा सुपर ३० रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्