‘लकडाउन्’ उल्लघंन गर्ने मन्त्रीलाई १ हजार डलर जरिवाना तोकिएलगत्तै राजीनामा



२९ चैत्र २०७६, काठमाडौं

अष्ट्रेलियामा ‘लकडाउन्’ उल्लंघन गरेको आरोपमा एक मन्त्रीलाई १ हजार डलर जरिवाना गरिएको छ ।

क्वारेन्टाइन र सोसल डिस्ट्यान्सिङको नियम उल्लंघन गरेको भन्दै त्यहाँका विशेष राज्यमन्त्री अर्थात् आदिवासी मामिला र कलामन्त्री डन हार्बिनलाई १ हजार डलर जरिवाना गरिएको हो ।

क्वारेन्टाइनका बेला राजधानी सिड्नीभन्दा बाहिर गाउँमा रहेको आफ्नो घरबाट आउजाउ गरेको अरोपमा उनलाई शुक्रबार (हिजो) बिहान त्यहाँको प्रहरीले १ हजार डलर जरिवाना थमाइदिएको हो ।

प्रहरीले जरिवाना थमाउनु अघिल्लो दिन बिहीबार उनकै घरमा पुगेर नियम उल्लंघन गरिएको सूचना जारी गरेका थिए । नियम उल्लंघन गरेको आरोप लागेपछि मन्त्री हार्बिनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनले आफ्नो कारण जनस्वास्थ्यमा जोखिम भएको निश्कर्ष निकाल्दै राजीनामा दिएका हुन् । एजेन्सीको सहयोगमा-

|तस्वीरमा मन्त्री हार्बिन। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्