वडाध्यक्ष गोबिन्द पहाडीलाई भ्रमको खेती नगर्न नेकपा दुधौली १ को चेतावनी



२९ चैत २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली वडा संगठन कमिटी दुधौली १ सिन्धुलीले शुक्रबार (हिजो) एक विज्ञप्ती जारी गर्दै दुधौली १ का वडाध्यक्ष गोविन्द पहाडीले लगाएको आरोपको खण्डन गरेको छ ।

वडा कमिटीका अध्यक्ष चन्द्रप्रसाद पहाडी र सचिव खिलराज अधिकारीद्वारा जारी विज्ञप्तीमा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले जनचेतना फैलाउन अभिभावकीय भूमिका निर्वाह गरिरहेको र वडाभित्र समेत पार्टी संगठन कमिटीले लकडाउनलाई पूर्ण पालना गर्दै भाइरस विरुद्ध एकजुट भई लड्नको लागि सम्पूर्ण वडावासीलाई अपिल गरेको छ ।

त्यसैगरी विज्ञप्तीमा भनिएको छ, ‘नेकपा दुधौली नगरपालिकाका प्रमुख तथा पार्टी जिल्ला कमिटीका सदस्य घनश्याम राउतको नाम जोडेर नेपाली काँग्रेस दुधौली र नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुलीले कपोकल्पित विज्ञप्ती निकालेको हुँदा यथार्थमा दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द पहाडीले नगर कार्यपालिकाद्वारा गरिएको निर्णयलाई वेवास्ता गरी संकटका घडीमा समेत जनताको वेवास्ता गरेको, अन्य वडाहरुले मास्कको व्यवस्थापन गरिसक्दा पनि निजले कुनै चासो नलिई समयमै मास्क व्यवस्थापन नगरेपछि दुधौली नगरपालिकाका प्रमुखले समन्वय गरी वडा नं. १ र २ लाई २५०० का दरले दुई पोका मास्क पठाएकोमा वडाध्यक्ष पहाडी आफैंले छानेर लिएको पोकोमा २५०० मास्कमा १५०० थान मात्र आफूले प्राप्त गरेको र नेकपाले राजनीतिक पूर्वाग्रह राखी कम पठाएको भनी भ्रामक समाचार फैलाएकोमा घोर भर्त्सना गर्दछ । त्यसैगरी दुधौली नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले मोबाईल, मोटरसाईकल समेत प्रयोग गरेको र सो बापत निजी मोटरसाईकल मर्मत, इन्धन लगायतको सबै सुविधा लिएर दोहोरो मारमा नगरपालिकालाई पारी नगरको वा राज्यको सुविधा नलिएको भन्ने विज्ञप्ती निकाली जनतालाई भ्रम छरेर पानी माथि आभानो बन्न खोजेको कुरा सबैमा सर्वविदितै छ । यस संकटको बेला जनतामा भ्रम नफैलाई सचेत र सजग ढंगले अगाडि बढ्न वडा कमिटी सम्पूर्ण वडावासीहरुलाई अपिल गर्दछ ।’

नेकपा दुधौली वडा नं. १ द्वारा जारी विज्ञप्ती :

यो पनि पढ्नुहोस् :

नेकपा दुधौली नगरकमिटीले गर्‍यो वडाध्यक्ष पहाडीको पर्दाफास : एकजुट भई विपद्मा जनतालाई सहयोग गर्न निर्देशन

काँग्रेसबाट निर्वाचित सिन्धुलीका वडाध्यक्ष गोविन्द पहाडीले जनतालाई बाड्न पठाएको मास्क समेत लुकाएको पुष्टि (विज्ञप्ति सहित) 

प्रतिक्रिया दिनुहोस्