२९ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित भएपछि लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार हुँदै भएको छ ।
स्वास्थ्यमा आएको सुधारसँगै प्रधानमन्त्री जोनसनले वार्डभित्रै हिँड्डुल गर्न थालेका उनका कार्यालयका प्रवक्ताले बताएका छन् ।
|तस्वीरमा प्रधानमन्त्री जोनसन। फाइल तस्वीर|