१६ दिन ‘लकडाउन्’ लम्ब्याउन मोदीलाई केजरीवालको सुझाव



२९ चैत्र २०७६, काठमाडौं

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरकारलाई १६ दिन ‘लकडाउन्’ लम्ब्याउन सुझाव दिएका छन् ।

कोभिड १९ (कोरोना भाइरस)को त्राससँगै भारतमा गत २५ मार्चदेखि ‘लकडाउन्’ गरिएको छ । तर भारतमा कोरोना संक्रमित र मृतक संख्या दैनिक बढ्दै गइरहेको छ ।

अबको केही दिनमै ‘लकडाउन्’ सकिने भएपछि मन्त्री केजारीवालले अझै १६ दिन लम्ब्याउन सुझाव दिएका हुन् । आगामी १४ अप्रिलमा ‘लकडाउन्’ अवधि सकिँदै गर्दा शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीसँग ‘लकडाउन्’ अवधि बढाउने या अन्त्य गर्ने विषयमा छलफल गरिरहेका छन् ।

त्यहाँ कोरोना संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ भने २४९ को मृत्यु भइसकेको छ । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्