मलेसियामा २८ अप्रिलसम्म लम्बियो ‘लकडाउन्’



२९ चैत्र २०७६, काठमाडौं

मलेसियाले ‘लकडाउन्’को अवधि थपेर २८ अप्रिल पुर्याएको छ ।

मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि ‘लकडाउन्’को म्याद थपिएको जानकारी दिएको हो । प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै ‘लकडाउन्’दुई हप्ताका लागि लम्ब्याइएको बताए ।

योसँगै उनले अनावश्यक हिँड्डुल नगर्न पनि आफ्नो देशवासीलाई आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको उनको भनाइ थियो ।

पूर्वघोषित ‘लकडाउन’ आगामी १४ अप्रिलमा सकिँदै छ । शुक्रबार (हिजो) सम्ममा मलेसियामा कोरोना भाइरसका कारण चार हजार ३४६ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भइसकेको छ । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्