२९ चैत्र २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ (कोरोना भाइरस)विरुद्ध लड्न सरकारभन्दा अर्को सयन्त्र आवश्यक नरहेको बताएका छन् ।
शनिबार (आज) सिंहदरवारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कन्फेरेन्स् गर्दै प्रधानमन्त्रीले ओलीले सरकारभन्दा अर्को संयन्त्र आवश्यक नरहेको बताएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
→‘कोरोना रोकथामका लागि प्रतिपक्ष दलसहितको उच्चस्तरीय संयन्त्र आवश्यक’
→मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले गरे भिडिओ कन्फेरेन्स्
भिडिओ कन्फेरेन्स्मा कोरोनाको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका थिए ।
यस्तै, अहिले भइरहेका प्रयासहरु समन्वयात्मक ढंगले अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।
यसअघि सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारीविरुद्ध लड्नको लागि सबै दल सम्मिलित छुट्टै संयन्त्र आवश्यक रहेको बताएका थिए ।