भेन्टिलेटरमा राखिएकी कोरोना संक्रमित महिलाबाट जन्मिइन् स्वस्थ शिशु



२९ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित बनेकी एक २६ वर्षीय इजरायली महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छिन् ।

भेन्टिलेटरमा राखिएकी उनले शल्यक्रियामार्फत् स्वस्थ शिशुलाई जन्म दिएकी न्यूयोर्क पोस्ट्ले जनाएको छ । शिशुमा भने कोरोना नेगेटिभ देखिएको छ । यद्यपि आमालाई शिशु छुन दिइएको छैन ।

शुरुमा ती महिलालाई ज्वरो र वान्ता आएको अस्पतालका प्रवक्ता जोडी सिंगरले बताइन् । “अर्को साता यी आमा–छोराको भेट हुने अपेक्षा गरिएको छ । जब आमा डिस्चार्ज हुन्छिन् ।” सिंगरले भनेकी छिन् ।

शुक्रबार बिहान इजरायलमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । यस्तै ९५ जनाले ज्यान गुमाइसकेका छन् । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्