अमेरिकामा स्थिति झन् भयावह, मृत्युदरमा उछिन्यो इटालीलाई, विश्वमा सबैभन्दा धेरै मृत्यु (अपडेट)



३० चैत २०७६, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८३० जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार ५७७ पुगेको छ ।

एकैदिन २९ हजार ९७९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ३२ हजार ८५५ पुगेको छ । संक्रमितमध्ये ११ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ भने ३० हजार ४५३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्