न्युयोर्कमा स्थिती दर्दनाक, शवहरुको व्यवस्थापन गर्न सामुहिक चिहान



३० चैत २०७६, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८३० जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार ५७७ पुगेको छ ।

एकैदिन २९ हजार ९७९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ३२ हजार ८५५ पुगेको छ । संक्रमितमध्ये ११ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ भने ३० हजार ४५३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या तिव्ररुपमा बढेपछि बेला न्युयोर्कमा सामुहिक रुपमा शवहरुको अन्तेष्टि गरिरहेका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु भएका तर गरिब र आफन्तहरु नभएका व्यक्तिहरुका शवलाई सामुहिक रुपमा गाडिएको बताइएपनि न्युयोर्कमा बढेको मृत्युदर र त्यहाँका अधिकारीहरुलाई शवहरुको व्यवस्थापन गर्न चरम धौंधौं परेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्