३० चैत २०७६, काठमाडौं
कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा आइतबार बिहानसम्म ४२९ जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण भारतमा सबै भन्दा धेरै २८८, पाकिस्तानमा ८६, बंगलादेशमा ३०, अफगानिस्तामा १८ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ४२९ पुगेको हो ।
माल्दिभ्स र नेपालमा संक्रमणका घटना बढिरहेको भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख देखिएको छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन ।
सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ । भारत कोरोनाका कारण एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीमा समेत पाँचौं स्थानमा रहेको छ ।
सार्क राष्ट्रहरुमा कोरोनाको कहर :
भारत
मृत्यु हुनेको संख्या : २८८
संक्रमित हुनेको संख्या : ८४४६
निको हुनेको संख्या : ९६९
पाकिस्तान
मृत्यु हुनेको संख्या : ८६
संक्रमित हुनेको संख्या : ५०११
निको हुनेको संख्या : ७६२
बंगलादेश
मृत्यु हुनेको संख्या : ३०
संक्रमित हुनेको संख्या : ४८२
निको हुनेको संख्या : ३६
अफगानिस्तान
मृत्यु हुनेको संख्या : १८
संक्रमित हुनेको संख्या : ५५५
निको हुनेको संख्या : ३२
श्रीलंका
मृत्यु हुनेको संख्या : ७
संक्रमित हुनेको संख्या : १९८
निको हुनेको संख्या : ५४
नेपाल
मृत्यु हुनेको संख्या : ०
संक्रमित हुनेको संख्या : ९
निको हुनेको संख्या : १
माल्दिभ्स
मृत्यु हुनेको संख्या : ०
संक्रमित हुनेको संख्या : १९
निको हुनेको संख्या : १३
भुटान
मृत्यु हुनेको संख्या : ०
संक्रमित हुनेको संख्या : ५
निको हुनेको संख्या : २