चीन प्रती ट्रम्पको आक्रोशित गर्जन, लगाए यस्तो आरोप



३० चैत २०७६, काठमाडौं

ट्रम्पले ह्वाइट हाउसमा नियमित प्रेस कन्फरेन्समा बोल्दै चीनप्रति आक्रोशित हुँदै चीनले विकासशील देशको दर्जामा रहेर नचाइदो र धेरै फाइदा उठाएको आरोप लगाएका हुन् ।

ट्रम्पले भने ‘चीनले अविश्वसनीय रुपमा अमेरिका र अन्य देशको फाइदा उठाएको छ ।  म भन्छु, अनेकौँ फाइदा लिन पाउने हो भने  हामीलाई पनि विकासशील देश बनाइदिनुस् ।’

विश्व् व्यापार संगठनले पनि अमेरिकाको फाइदा उठाएको ट्रम्पले आरोप लगाए । चीन अमेरिकाको सहयोगमा विश्व व्यापार संगठनमा प्रवेश गरेपछि मात्र उसको अर्थव्यवस्था बढ्न लागेको दावी गर्दै ट्रम्पले अहिले विश्व व्यापार संगठन नै अमेरिकासँग निष्पक्ष हुन नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्