यी हुन् ‘कभी खुसी कभी गम’ की सानी करिना, १६ वर्षपछि फेरि पर्दामा देखिदैँ



३० चैत्र २०७६, काठमाडौँ

बलिउडको सदावहार हिट चलचित्रको लिस्टमा पर्छ, कभी खुसी कभी गम । करिब १६ बर्ष अगाडी रिलिज भएको कभी खुसी कभी गम निकै सफल चलचित्र हो । शाहरुख खान, काजोल, ऋतिक रोशन, करिना कपुर लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रका बाल कलाकार अहिले ठूला भैसकेका छन् ।

कभी खुसी कभी गम मा करिना कपुरको बाल्यकालको भूमिका निभाएकी मालविका राज १६ बर्षपछि पुनः पर्दामा देखिने भएकी छिन् । जब दर्शकले कभी खुसी कभी गम हेर्छन् तब यी बाल कलाकार कस्ता भए होलान् भन्ने चर्चा चलेकै हुन्छ ।

मालविका राज तेलूगु चलचित्र मार्फत डेब्यु गर्दैछिन् । सानीमा पनि निकै राम्री मालविका अहिले पनि निकै नै राम्री भएकी छिन् । अहिले सामाजिक सञ्जालमा उनको निकै चर्चा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्