९ राजदूतले एक महिनाको तलब ‘कोरोना कोष’मा जम्मा गर्ने



३० चैत्र २०७६, काठमाडौं

मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ नेपाली राजदूतहरुले आफ्नो एक महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान, बहराइन, साउदी अरब र यूएईका नेपाली राजदूतले आफ्नो एक महिनाको तलब सरकारद्वारा स्थापित कोरोना कोषमा जम्मा गर्ने बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए ।

कतारका लागि नारदनाथ भारद्वज, इजराइलका लागि डा. अञ्जना शाक्य, इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, यूएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गरेको हो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्