३० चैत २०७६, काठमाडौं
काठमाडौ महानगरपालिका वडा नं. १५ मा बसोबास गर्ने असाहय, बिपन्न र दैनिक ज्याला मजदुरी गरि खाने व्यक्तिहरुलाई नेपाली सेना श्रीमती संघ तथा समाजसेवीहरुले खाद्यान्न, तरकारी, मरमसला, गेडागुडी लगायतका राहत सामग्री वितरण गरेका छन् ।
प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ लगायत कामपा १५ का वडाध्यक्ष एवम् महानगरका प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, स्वयंसेवकहरु, स्थानीय क्लब तथा टोल सुधार समितिका प्रतिनिधिहरुको उपस्थितिमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो ।