महतोको आग्रह, ‘संसदीय विकास कोषको रकम कोरोनाविरुद्ध लड्नको लागि खर्च गरौं’



३० चैत्र २०७६, काठमाडौं

राजापा नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले संसदीय विकास कोषको रकम कोभिड १९ (कोरोना भाइरस)विरुद्ध लड्नको लागि खर्च गर्न माग गरेका छन् ।

महतोले आइतबार (आज) विज्ञप्ति जारी गर्दै संघीय र प्रादेशिक संसदीय विकास कोषको बाँकी रकम लड्नको लागि तत्काल नियम कानून संशोधन गर्ने व्यवस्था मिलाउन केन्द्रीय र प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।

उनले संसदीय विकास कोषको रकम सम्बन्धीत संसदीय क्षेत्रका स्थानीय तह र वडामार्फत् सर्वदलीय संयत्र बनाइ खर्च गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

यस्तै विपत्को बेला सरकारले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचारबारे जनतालाई प्रष्ट पार्न नसक्नु, आफैँले गरेको निर्णय अनुसार ज्यालादारी मजदूर, गरिबहरुलाई स्थानीय तहमार्फत् राहत अहिलेसम्म उपलब्ध गराउन नसक्नु आपत्तिजनक भएको उनको भनाइ छ ।

|तस्वीरमा सदस्य महतो। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्