३० चैत २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीले विश्वब्यापी महामारीको रुप लिइरहेको कोभिड–१९ बाट आफू र आफ्नो परिवार बचाउन अनुरोध गर्दै नयाँ बर्ष २०७७ को शुभकामना सन्देश जारी गरेको छ ।
अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलद्वारा जारी वक्तव्यमा, ‘नेपाल जस्तो कमजोर स्वास्थ्य पूर्वाधारको विकास, उपचार सामग्रीको अभाव भएको मुलुकका नागरिकलाई संक्रमणबाट जोगाउन एक मात्र भरपर्दाे उपाए भनेको ‘लकडाउन’ नै हो । नेपाल सरकारले आम नागरिकलाई चैत्र ११ गते देखि बैशाख ३ गतेसम्म लकडाउन लागू गरी पालना गर्न अनुरोध गरेको छ । बर्तमान महामारी नियन्त्रणको लागि कुनै भ्याक्सिन, औषधी पत्ता नलागेको थप स्थिति जटिल बन्न नदिन ‘लकडाउन’ भन्दा राम्रो विकल्प छैन ।
महामारी नियन्त्रणको लागि सरकारले लागू गरेको ‘लकडाउन’को कारण घर भित्र बस्नुपर्ने, यातयात लगायत सिमाना, उद्योग व्यवसाय, कलकारखानाका साथै नियमित ज्याला गरेर खाने श्रमिकहरुको रोजीरोटी समेत बन्द भएको छ । संघीय सरकारले स्थानीय सरकार मार्फत बिपन्न श्रमिकहरुको लागि राहत प्याकेजको ब्यवस्था गरी ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने मान्यतालाई स्थापित गर्न प्रयत्न गरिरहेको छ । तमाम दु:खपीडालाई आत्मसात गर्दै जनताले लकडाउनलाई साथ दिएर घरमै बसेका छन् । सरकारको निर्देशन पालना गर्ने सबै तह र तप्काका जनसमुदायलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौं ।’ भनिएको छ ।
(नेकपा) बागमती प्रदेश संगठन कमिटीद्वारा जारी वक्तव्य :