३० चैत्र २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन सबैमा आग्रह गरेका छन् ।
ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध आफूलाई मन परेको भन्दै प्रधानमन्त्रीले ट्वीटरमार्फत् यस्तो अनुरोध गरेका हुन् ।
ग्लोबल कम्प्याक्टले अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन र गुन्जाउन अनुरोध गरेको छ ।
“Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!”
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।” pic.twitter.com/vASxaoXtnB— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020
|फाइल तस्वीर|