बेलायती प्रधानमन्त्री जोन्सन अस्पतालबाट डिस्चार्ज



३० चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित बनेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सन डिस्चार्ज भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।’ उनका प्रवक्ता भनेका छन् ।

कोरोनाबाट संक्रमित भएका जोन्सनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरेर आईसीयुमा राखिएको थियो । एजेन्सीको सहयोगमा-

|तस्वीरमा बेलायती प्रधानमन्त्री जोन्सन। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्