‘मृत्युको भयबाट फर्केपछि जीवनको महत्व बुझ्दैछु’ : मनिषा कोइराला



३० चैत्र २०७६, काठमाडौँ

मनिषा कोइराला ९० की दशककी बलिउडकी निकै चर्चित नायिका हुन् । उनले बलिउडमा धेरै हिट चलचित्र दिएकी छिन् । साथै उनले १ नेपाली चलचित्रमा अभिनय पनि गरेकी छिन् ।

उमेरले झण्डै ५० पुग्न लागिसकेकी मनिषाले जीवनलाई राम्रोसँग बुझेकी छिन् । उनले निकै संघर्ष गरेर नै यो स्थानसम्म आएकी हुन् । सुरुवाती दिनमा मनिषालाई बलिउडमा आफ्नो स्थान बनाउन कठिन थियो । तर निकै मेहेनत गरेका कारण उनको आजपनि बलिउडकी हिट नायिकाको लिष्टमा छ ।

यस्तै नायिका मनिषा कोइरालाले मृत्युलाई समेत जितेर आएकी हुन् । लामो समयदेखि क्यान्सर रोगबाट गुज्रिरहेकी मनिषाले आफू स्वस्थ हुने आश नै मारिसकेकी थिइन् ।

तर उनको उपचार सफल भयो र उनी क्यान्सरमुक्त भइन् । मनिषाले क्यान्सरलाई जितेर आएपछि आफ्नै जीवनमा आधारित पुस्तक पनि लेखेकी थिइन् । मनिषाले क्यान्सरलाई जितेर आएपछि मात्र आफूले जीवनको महत्व बुझ्न थालेको बताएकी छिन् । उनी हाल मुम्बईमा बस्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्