अमेरिकामा कोरोना भय, विश्वमा सबैभन्दा धेरै मृत्यु (अपडेट)



०१ वैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२ हजार १ सयबढी पुगेको छ ।

एकैदिन २७ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ६० हजार २ सय बढी पुगेको छ । संक्रमितमध्ये ११ हजार ७६६ जनाको अवस्था गम्भीर रहेको छ भने ३२ हजार २३७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्