विश्वभर २२ हजार भन्दा धेरै स्वास्थ्यकर्मी नै कोरोना संक्रमित



०१ वैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार बढी पुगेको छ भने १८ लाख बढी संक्रमित भएका छन् ।

विश्वभर २२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ भने कयौले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सबै देशबाट सङ्क्रमणको पुष्ट जानकारी नआएकाले अझै धेरै स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएको हुनसक्ने डब्लूएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्