यी हुन् यस बर्षका सर्वाधिक हिट गीतहरु (भिडियो सहित)



०१ बैशाख २०७६, काठमाडौँ

पहिलेको तुलनामा यस बर्ष कम चलचित्र रिलिज भए । कोरोनाको भाइरसको प्रत्यक्ष असर फिल्म क्षेत्रमा पनि पर्न गयो । जसले नेपाली फिल्म क्षेत्रलाई घाटा पनि लाग्यो ।

यस्तै यस बर्ष धेरै गीतहरु रिलिज भए । जसमध्ये केही गीतले निकै नै चर्चा पाए । जसमध्ये आज हामी यहाँ केही गीतहरुबारे चर्चा गर्नेछौँ ।

साली मन पर्यो

चलचित्र घामड शेरे मा समावेश साली मन पर्यो बोलको गीतले निकै राम्रो चर्चा पायो । साली मन पर्यो गीतले छोटो समयमा नै निकै भ्यूज पाउन पनि सफल भयो । यो गीत विवाहदेखि, व्रतबन्धसम्म सबै ठाउँमा बज्ने गरेको छ ।

भिजिट भिषामा

दाल, भात, तरकारी को भिजिट भिषामा बोलको गीत पनि यो बर्षको सर्वाधिक चर्चा कमाउन सफल चलचित्र हो । निशान भट्टराई र अञ्जु पन्तको आवाज रहेको गीतमा चलचित्र दाल, भात, तरकारीको सबै कलाकारहरु फिचर्ड छन् ।

बिच बिचमा

दुर्गेश थापाले यो गीत तिजमा निकालेका थिए । तिजमा यो गीतले सर्वाधिक चर्चा पाएको थियो । त्यसको केही समयपछि यो गीतलाई केही शब्द परिवर्तन गरेर चलचित्र छ माया छपक्कै को प्रचारको लागि तयार पारिएको थियो । जुन गीतले निकै नै चर्चा पायो ।

दुबो फुल्यो

फिल्म कबड्डी कबड्डी मा समावेश दुबो फूल्यो बोलको गीतलाई पनि दर्शक तथा श्रोताले रुचाए । एसडी योगीको संगीत र हर्क साउदको शब्द रहेको गीतमा हेमन्त राणा र हृतिका श्रेष्ठले स्वर दिएका छन् । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्म, विल्सन विक्रम राई, विजय बराल प्रस्तुत भिडियोलाई रेनशा वान्तवा राई राणाले कोरियोग्राफी गरेकी हुन् । यो गीतको भिडियोलाई युटुवमा दुई करोड पचास हजारले हेरेका छन् ।

तिम्रो घरको वरिपरी

म यस्तो गीत गाउँछु २ को तिम्रो घरको वरिपरी अहिलेको सर्वाधिक हिट गीत हो । चलचित्र म यस्तो गीत गाउँछु २ कोरोना भाइरस कारण फागुनमा प्रदर्शनमा आउन सकेन । अब चलचित्र कहिले प्रदर्शनमा आउँछ त्यो भने थाहा छैन । सोनम तोप्देन र अस्मिता अधिकारीको आवाज रहेको गीतमा पल शाह र पूजा शर्मा फिचर्ड छन् ।

चरीले काफल टिप्यो

फिल्म साङलो मा समावेश चरीले काफल टिप्यो बोलको गीत पनि हिट श्रेणीमा समावेश भयो । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा सिवाकोटीलाई स्वरमा मिलन अमात्यले साथ दिएकी छिन् । कविराज गहतरावको कोरियोग्राफी रहेको भिडियोमा विराज भट्ट र निकिता चान्दकको नृत्य छ । गीतको भिडियोलाई ४२ लाख बढीले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्